दाङ, ५ पुस । दाङको डुरुवा ४ कोठरीमा यही पुस १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माघी महोत्सवमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् ।

15492365_1215585025199487_5448287835384182247_nमहोत्सवमा नेपाली चलचीत्र एवं सांगीतिक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकार आफ्नो प्रस्तुतिका लागि आउने महोत्सव मूल समितिका संयोजक एवं कार्यक्रम संयोजक यामबहादुर पुनले जानकारी दिएका छन् ।

“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा नायिका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम सहसंयोजक सुनिल विसीले बताए ।