dhurmus-suntaliघोराही ५ पुस ।  संघिय मामिला  तथा स्थानिय विकास मन्त्रालय लागि युनिसेफ नेपालको  सहयोगमा  निर्मित धुर्मुस – सुन्तली फाउण्डेशन द्धारा निर्मित ज्योती टेलिश्रृङखला प्रर्दशन गरिएको छ । नेपाल लाई वालमैत्री राष्ट्र वनाउने उद्देश्यले सामाजिक कथामा आधारित टेलिश्रृङखलाको सोमवार  भरतपुर मैदानका एक  समारोहका विच प्रर्दशन गरिएको हो ।

 टेलिश्रृङखलाको मुख्य आ्शय नै  वाल अधिकार संरक्षण र वालमैत्री स्थानिय शाशनको पुर्ण कार्यन्वयन रहेका थियो । ।प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा  समारोह सम्पन्न भएको छ  ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले वामैत्री स्थानिय शाशन  प्रर्वद्धनका लागि सवै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार वन्नु पर्नेमा  जोड  दिए ।

समानुपातिक वाल सहभागिताको सुनिश्चिता कायम गरी स्थानिय सरोकारवाला निकायहरु लाई वालमैत्री वनाउनु पर्नेमा जोड दिए । वाल सहभागिताको  सुनिश्चितताले  वाल अधिकारको पू्रर्वद्धन  गर्ने भएकाले वाल सहभागिताको सुनिश्चितताको कायम गरी  वाल अधिकारकोे संरक्षण गर्नु सवैका दायित्व रहेको वताए । कार्यक्रममा  सिताराम कटेल ‘धुर्मुस ’ले  वाल अधिकारमहासन्धी लागु भए पनि कयौ वालावालिकाहरु शिक्षा वाट वञ्चित भई कडा श्रममा जोतिन पुगेको उनीहरुको रक्षाका लागि  सवै सरोकारवाला गम्भिर हुनु पर्नेमा जोड दिए ।

उनले भने  ‘पढ्न लेख्न पाउनु वालवालिकाहरुको अधिकार हो । ’ उनीहरु सामाजिक अशिक्षाको वन्धनका कारण उन्मुक्ति  पाउन सकेको छैनन । उनीहरु लाई शिक्षाको ढोका सम्म पु¥याई  भविष्य  उज्यालो वनाउनु सवैका दायित्व हो । वालमैत्री स्थानिय शाशनको विकासमा सवै हातेमालो गरौ । कार्यक्रममा हाँष्यकलाकार  सुन्तली , वेगम नेपाली लगाएतका प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण ज्योती टेलिश्रृङखलाकाका लेखक  दिपक आचार्यले गरेका थिए ।