इन्द्रेणी संवाददाता
दाङ, २ पुस । संविधान संसोधन मार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा तीन दलले गरेको दाङसहित ५ नम्बर प्रदेश बन्द भोलि विहान ६ बजेसम्मका लागि खुलेको छ । भोलि विहान ६ वजेपछि पुनः बन्द शुरु हुने बन्द आह्वान राजनीतिक दलहरुले बताएका छन् । तर भोलि आइतवार विद्यालयहरुलाई भने खुल्न दिने बन्दकर्ताहरुले बताएका छन् ।
आज बन्द आह््वान गर्ने राजनीतिक दल नेकपा एमाले दाङ, राजमो दाङ र नेकपा मालेले सयुक्तरुपमा विज्ञप्ति जारी गरी भोलि विद्यालय सञ्चालन हुने जानकारी दिएका हुन् ।
एमाले दाङका अध्यक्ष टीकाराम खड्का, राजमो दाङका अध्यक्ष रेशम विसी र माले दाङका सचिव नेत्रप्रकाश पाण्डेयले सयुक्त रुपमा विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । आज ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि बन्द खुलेपछि बन्दका कारण विच बाटोमै अलपत्र परेका सवारीका साधन गन्तव्यतर्फ लागेका छन् ।