इन्द्रेणी संवाददाता
दाङ, १ पुस । संविधान संसोधनमार्फत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउन लागेको विरोधमा पाँच नम्बर प्रदेशका सबै जिल्ला तीन दिनसम्म बन्दको आह्वान गरिएको छ ।
बन्दले दाङ वाहेक अन्य जिल्लामा बन्दको प्रभाव परेको छ । नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको बुटवल, भैरहवा र कपिलवस्तुका गोरुसिंहे, चन्द्रौटा लगायत मुख्य बजारका चोक–चोकमा संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको छ ।
पुस १, २ र ३ गते ५ नम्बर प्रदेशका सबै जिल्ला बन्दको आह्वान गरिएको छ । तर दाङमा भने भोलिदेखि मात्रै बन्दको आहुवान गरिएको छ । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र सचिव हिराचन्द्र केसीले आज सयुक्त रुपमा विज्ञप्ति जारी गरी पुस २ र ३ गते दाङसहित ५ नम्बर प्रदेश बन्द आह्वान गरेका छन् ।
संसोधन प्रस्तावलाई लिएर विभिन्न स्थानमा तनाव भएको छ गुल्मीमा आज प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा सांसद कमला विकसहित १२ जना आन्दोलनकारी र २ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा तोडफोड भएको छ ।
जिल्ला प्रशासन नै स्थानीयले कव्जामा लिएका छन् भने बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी गरेका छन् । १६ दिनदेखि बन्द रहेको गुल्मीको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
त्यस्तै बाँके बन्दका कारण जनजीवन कष्टकर बनेको छ ।
रोल्पा, प्युठान पनि ठप्प रहेको छ । रोल्पा, प्युठान, रुपन्देहीलगायतका क्षेत्रमा पुनः आन्दोलन शुरु भएका छन् ।