काठमाडौं, १ पुस । तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म २० घर जलेर नष्ट भएका छन् । अग्नी सेडाइँको घरबाट सल्किएको आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङको सहित २० घर जलेर नष्ट भएका छन् ।
संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ । आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोली गरी ५५ जना खटिदाँ पनि आगो नियन्त्रण नभएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकलसहित थप प्रहरी माग गरिएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिए ।
आगो निभाउन दमकल पनि नभएको र पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । तेह्रथुममा दुई दिनदेखि खानेपानीको पनि अभाव छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)