घोराही २९ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ज्ञवालीले अब निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।
छलफल चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक गतिरोध र निकास’ विषयक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष ज्ञवालीले सरकारद्धार संसद सचिवालयमा पेश गरिएको संशोधन प्रस्ताव संशोधन स्थगित गरि निर्वाचनमा जानुको विकल्प नभएको बताएका हुन ।
उनले संविधानमा भएका असहमतिका बुँदाहरुलाई आ–आफ्ना एजेण्डा बनाएर निर्वाचनमा होमिनुको विकल्प नरहेको बताएका थिए । उपाध्यक्ष ज्ञवालीले संविधानले नेपालीहरुलाई अधिकार सम्पन्न गराएको भएपनि अब निर्वाचन मार्फत त्यसको पूर्ण कार्यान्वयमा जानुपर्ने बताए ।
अनुकुलतामा दलहरु एक हुने र प्रतिकुलतामा विभाजित हुने समस्याले मुलुकमा संकट उत्पन्न भएको उनको तर्क थियो । दलहरु बीचको खिचातानीले मुलुक वाह्य शक्ति केन्द्रको चक्रमा फसेको उनको ठहर थियो । उनले भने ‘यतिवेला छिमेकी भारतसंग पनि मिलेर काम गर्नुपर्छ तर झुक्नु हुदैन ।’
निर्धारित समयमै तीन वटा निर्वाचन गर्न सरकारले आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताएका थिए । एमालेले संसोधन प्रक्रिया रोकेपनि संविधान कार्यान्वयनको लागि निर्वाचनमा जाने स्पष्ट पारेका थिए । अब सरकार साध्य नभएर साधन भएर ०७४ माघ सम्म तीनतहको निर्वाचन गराउन लागि पर्नुपर्ने सुझाव उनको थियो ।
दाङ प्रादेशीक राजधानी बन्छ
दाङ प्रदेश राजधानी बन्ने निश्चित रहेको वताएका छन ।। यद्यपी राजधानी कहाँ बनाउने भन्ने विषय प्रदेश सभालेगर्ने कार्य भएको उनले स्पष्ट पारेका थिए । सवै दृष्टिकोणले दाङ नै प्रादेशीक राजधानीका लागि उपयुक्त स्थानरहेको उनले बताएका थिए । छलफल चौतारीका संयोजक शुसिल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण टिकाराम उदासीले गरेका थिए ।