दाङ, २६ मंसिर । पत्रकार दुर्गालाल केसीलाई पितृ शोक परेको छ । केही समयदेखि विरामी अवस्थामा रहेका केसीको बुबा धनिराम खत्रीकोे आज विहान विरेन्द्र सैनिक अस्पताल छाउनी अस्पतालमा निधन भएको छ । खत्रीको ८० वर्षको उमेरमा दुखद निधन भएको हो ।
उपचारका क्रममा दिवंगत भएका धनिराम खत्री
यसैबीच प्रेस चौतारी दाङले पत्रकार केसीका बुबाको निधनप्रति दुःख व्यक्त गरेको छ । आज प्रेस चौतारीले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, दाङ शाखा अध्यक्ष टीका बस्नेत र सचिब बसन्त विवश आचार्यले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् । पत्रकार केसी कान्तिपुर दैनिकका उपसम्पादक एवं प्रेस चौतारी दाङका निवर्तमान अध्यक्ष हुन् ।