गोविन्द खड्का
घोराही, २१ मंसिर । घोराही सिमेन्ट उद्योगले १९ जना बृद्धबृद्धालाई कमल वितरण गरेको छ । उद्योगका बरिष्ठ जनसम्पर्क अधिकारीद्धय विकास सर्मा र अमर सुवेदीले जेष्ठ नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित घोराही–९ तेरौटेस्थित बृद्धाआश्रममा पुगेर आज २१ वटा कम्वल वितरण गरेको हो ।

100_5141आश्रम व्यवस्थापनका हिरा शाहका अनुसार दश जना बृद्ध र नौ जना बृद्धालाई कमल वितरण गरिएको हो । उद्योगले खानी क्षेत्र काभ्रेको तापामा पनि ८० बढी कम्वल वितरण गरेको जनाएको छ ।

यस्ता कार्यक्रम हरेक जाडा मौसममा गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उद्योगका वरिष्ठ जनसम्पर्क अधिकारी सुवेदीले बताए ।