कुशुम वि.क.

बर्दिया, १८ मङ्सिर । महिला हिसा विरुद्धको १६ दिने अभियान चलिरहदा बर्दियामा एक किसोरी सामुहिक बलात्कारको सीकार बनेकि छिन । बर्दियाको सदरमुकाम गुलरियामा आज एकाविहानै १९ वर्षिय एक किसोरी सामुहिक बलत्कारको सिकार बनेको प्रहरीले जनाएको छ ।  नेपाली सेनामा भर्ति हुनका लागी शारीरिक व्यामका लागी मर्निङवाक निस्केकी ति युवतिलाइ गुलरिया नगरपालिका वार्ड न ७ कोटहि मन्दिर नजिकैको सडकमा जवरजस्ती सामुहिक बलात्कार गरीएको प्रहरीले बताएको छ ।

balatkar-e1427549894119सधै मर्निङवाक जाने ति युवतिलाइ नियन्त्रणमा लियर ज्यान मार्ने धम्कि दिदै तिन जना युवाहरुले सामुहिक वलात्कार गरेको पिडितले बताइन । पिडित युवतिको घाटि , खुटटा , हात तथा पिठिउमा सामान्य चोड समेत लागेको छ ।

घटनास्थललाइ प्रहरीले नियन्त्रणमा लियर अनुसन्धान गरेसगै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहराले घटनामा सम्लग्न एक व्यक्तिलाइ पक्राउ गरिएको र आवश्यक कार्वाहि अगाडि वढाइएको बताउनु भयो । महिला हिसा विरुद्धको १६ दिने अभियान चलिरहदा सदरमुकामा एक विहानै सामुहिक बलात्कारको घटनाले गुलरियाबासीमा त्रास उत्पन्न भएको छ ।

बलात्कार भएको स्थानमा प्रहरीले घेरा गरी अनुसन्धान गर्दा पिडकका पहिचानका लागी केहि सुराक फेला परेको प्रहरीले बताएको छ ।