दाङ, १५ मंसिर । उच्च माबि निधुवार (हापुर)को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजु परियार (कान्छा) सर्वसम्मत रुपमा चयन हुन भएको छ । बुधवार भएको अभिभावक भेलाले परियारलाई अध्यक्षमा चयन गरेको हो । परियारको अध्यक्षतामा ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा नैना डाँगी, मनकुमारी वली, मनोज बस्नेत, बामदेब गौतम सुशिला न्यौपानेलाई चयन गरिएको थियो । त्यसअबसरमा परियारले गुणस्तरीय शिक्षाका लागि जोडदिनु वताउनुभयो । विद्यालयको भौतिक अबस्था कमजोर भएका कारण विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएको वताउँदै त्यसका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।
विद्यालय अभिभावक संघका अध्यक्ष खातमा मियाको अध्यक्षता एवं विद्यालय निरिक्षक भिमप्रसाद पोख्रेलको प्रमख आतिथ्यमा एवं श्रोत व्यक्ति हुमबहादुर केसीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका बासुदेव गौतम, एमालेका कुलबहादुर लामिछाने, समाजसेवीहरु गोविन्द गौतम,किरण न्यौपाने लगायतले वोल्नु भएको थियो ।
