खोटाङ, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशीको प्रतिभा पुरस्कार खोटाङका गीतकार टीका चामलीङलाई प्रदान गर्ने घोषणा गरेको छ ।
बेलायतमा स्थापित प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दैआएको पुरस्कार यस वर्ष गीतकार चामलीङलाई दिने घोषणा गरेको हो ।

downloadनिरन्तर साहित्य क्षेत्रमा समर्पित रहेको भन्दै छनौट समितिले गीतकार राईलाई प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो । नेपाली कला–साहित्य, संगीतलगायतका क्षेत्रमा योगदान दिने व्यक्तिको सम्मान तथा प्रोत्साहनमा स्थापित पुरस्कार आगामी पुस दोश्रो साता काठमाडौंमा कार्यक्रम गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले जानकारी दिए ।

बेलायतमा रहेका नेपालीले १० वर्षअघि स्थापना गरेको प्रतिष्ठानले यसवर्ष २० हजार रुपैयाँ राशिको प्रतिभा पुरस्कार गुल्मीका कथाकार भगिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।