काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्तवको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

uml-meetingआज बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरित भएको भन्दैे कडा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

उसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको शसक्त प्रतिवाद गर्न अनिवार्य संसदमा उपस्थित हुन भन्दै सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिएको छ ।