इन्द्रेणी संवाददाता
घोराही, ८ जेष्ठ
कक्षा ४ र २ मा मा अध्ययनरत आफ्ना १२ बर्षिय छोरा अर्जुन बिक र ८ बविर्षय छोरा अजय बिकको पढाईलाई निरन्तरता दिनका लागि शारीरिक अशक्त अपाङ्ग आमा सोनु बिक सडकका गल्ली गल्लीहरुमा भौतारिरहनु भएको छ ।IMG_20160520_112316

शुभ सन्देश बोर्डिङ्ग स्कूलमा कक्षा ४ मा अध्ययनरत अर्जुन बिक र २ मा मा अध्ययनरत अजय बिकको पढाइका लागी खर्चको जोहो गर्न सोनु बिक सडकमा भौतारीरहनु भएको हुन्छ ।

बाल लिला गर्ने बेलामा बालक अर्जुन आफ्नो पढाईलाई निरन्तरता दिन सडकमा आमा संगै भौतारीन बाध्य छन् । गत बर्ष २०७२ को कर्तिक महिनामा श्रीमान वल बहादुरको मृत्युपछि सोनुको परिवार संकटापन्न आस्थाबाट गुजार्न बाध्य भएको छ ।

घोराही नगरपालिका वडा नं ८ बडहरा निवासी सोनु बिकको बाल बिबाह भएको थियो । हाल ३५ बर्षकी सोनुको २ जना छोराहरु छन् । बच्चाको पढाई खर्च, टिफिन खर्च, ड्रेस, शैक्षिक सुल्क लगाएतको खर्चको जोहो गर्ने उद्देस्यले सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा चाहार्दे हिडेको सोनु बि.क.ले बताउनु भयो ।।