काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का लामै समय आइरहेपछि सर्वसाधारण बाहिर निस्कएका छन् ।
नेपालको भूकम्प मापन केन्द्रले रामेछाप वा सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर ५ दसमलव ६ रेक्टर स्केलको भूकम्प आएको जनाएको छ । भूकम्प मापन केन्द्रले यो गोरखा भूकम्पको परकम्प भएको जनाएको छ ।
भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले भने सोलुखुम्बुको नाम्चेबजार आसपासलाई केन्द्रविन्दु बनाएर ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको जनाएको छ ।
नेपालका पूर्वी तथा मध्यभागमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का वेष्ट बंगाल क्षेत्रमा पनि महसुस गरिएको थियो ।काठमाडौं उपत्यकामा झण्डै दुई महिनापछि भूकम्पको धक्का महसुस गरिएको हो । राजधानीबाट











