img_9852

घोराही १२ कात्तिक ।  शनिवार घोराहीमा भएको जेसिज मिनि म्याराथुनको उपाधी अम्मरबहादुर खत्रीले कब्जा गरेका छन् । उनी घोराही स्थित लोटस टे«निङ सेन्टरमा आवद्ध धावक हुन । टे«निङ सेन्टरका खत्रीले १५ . ५ किलो मिटरको दुरी ५० मिनेट २४ सेकेण्डमा पार गरेका थिए । प्रथम हुन सफल खत्रीले नगद १५ हजारसहित मेडल र पंशसा पत्र सहित समनित भएका थिए ।

त्यसैगरी दृतिय स्थान रिपुमर्दण गण घोराहीका सुर्यवहादुर राईले हासिल गरेका थिए । उनले ५० मिनेट ३७ सेकेण्डमा निर्धारित दुरी पार गरि द्धतियको उपाधि रक्षा गरेका थिए । राईलाई नगद आठ हजार र प्रशंसा पत्र अनि मेडल प्रदान गरिएको थियो । त्यस्तै तृतिय उपाधी खैरा निवासी भिमबहादुर गुरुङले ५० मिनेट ४२ सेकेण्डमा पार गरेर हासिल गरेका थिए । उनले यो उपाधि संगै नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

त्यस्तै महिला तर्फ शिवमा शर्माले प्रथम पुरुस्कार हात परेकी थिईन । वाल प्रतिस्पर्धी ११ वर्र्षीया क्षितिज चौधरी , १० वर्षीया सदिक्षा चौधरी र जेष्ठ प्रतियोगीका रुपमा काभ्रेका भरत सिंह थापालाई समेत पुरुकृत गरिएको थियो । प्रतियोगितामा ६८ पुरुष र ६ महिला गरी ७४ प्रतिस्पर्धीहरुको सभागिता रहेको थियो । प्रतियोगिता त्रिभुवननगर जेसिजका अध्यक्ष साजिव उल्लाहा खानको अध्यक्षता, सांसद राजु खनालको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद खनालले खेल क्षेत्रको विकास नै मुलुकको सम्वृद्धिको आधार हुने बताएका थिए । उनले खेल क्षेत्रको वृहत विकासको खाँचो औल्याएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक केडी ईन्टरप्राईजेज दाङले गरेको थियो । कार्यक्रमको सहजिकरण त्रिभुवननगर जेसिजका महासचिव लालमणि भण्डारीले गरेका थिए ।