पूर्ण केसी मुस्कान / डुरुवा १२ मंसिर । आम नागरिक कानुनको बारेमा जानकार हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले पिडित ब्यक्तिले पिडा नलुकाई कानुनी परामर्स केन्द्रमा जानुपर्ने कुरामा जोड दिएका थिए ।
अझैपनि धेरै नागरिक कानुनको बारेमा जानकार नहुँदा पिडा लुकाएर बस्ने गरेको भन्दै यस्का लागि गाउ स्तरमा पनि कानुनी शिबिर राख्नुपर्ने बताहरुले बताए ।
कानुनी शिबिर संचालन गर्ने हो भने न्यायको वारेमा जानकार हुन मद्दत हुने तथा सबैको पहुँचमा न्याय पुग्ने कुरामा बक्ताहरुको बिश्वास थियो । शनिवार डुरुवामा भएको कानुनी शिविर उदघाटन कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । विपन्न तथा सिमान्तकृत समुदायको सवलिकरणबाट सुरक्षा र न्यायमा पहुच स्थापना गर्ने उदेश्यले कानुनी शिविर कार्यक्रम संचालन गरिएको कानुन अन्वेषण तथा श्रोत विकाश केन्द्र (सेलर्ड)दाङका संयोजक मोहन धितालले बताए ।
सामुदायीक मेलमीलाप केन्द्र डुरुवाकी मेलमीलापकर्ता तारा रेग्मीको अध्यक्षता एवम डुरुवा गाबिस सचिव चन्द्र प्रशाद अर्यालको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका हेमराज रेग्मी,माओवादी केन्द्रका शिवराज सुवेदी, ईलाका प्रहरी कार्यालय डुरुवाका ईञ्चार्ज धर्म राज चन्द,रेडियो तुलसीपुरकी आरती गिरी लताएकाले भनाई राखेका थिए ।
कार्यक्रममा उच्च अदालत बार एसोशियसन तुलसीपुरका पुर्व अध्यक्ष एवम वकिल शालिकराम रेग्मी, विष्णुमणी धिताल र जिल्ला वारका पुर्व अध्यक्ष तथा वकिल रेशम राज गिरीले नागरिकलाई निःशुल्क कानुनी परामर्श दिएका थिए । युकेएआईडी,सर्चफर कमन ग्राउण्डको सहयोग र कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र(सेलर्ड) दाङको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्रतिज्ञा खड्काले गरेकी थिईन् ।
