पोखरा, ११ मंसिर । पोखराको दोविल्लामा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । पोखरा-१७ दोविल्लाबाट पिकनिक खाएर पृथ्बीचोक तर्फ फर्किंदै गर्दा ग १ च ४५८९ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार जिप दुर्घटनामा हुँदा भारत घर भई पोखरा(४ महेन्द्रपुल बस्ने १४ वर्षका लिसा महित्रा र रौतहट दुधिया–६ का २० वर्षका अरविन्द्र चौधरीको ज्यान गएको हो ।
१२ जना घाइतेको नमस्ते अस्पताल र फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये २१ वर्षका रामानन्द चौधरीको अबस्था गम्भीर छ । जिप चालक रुपन्देहीका भोला भारती प्रहरीको नियन्त्रणमा छन् । जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
