मोरङ, ११ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । मोरङको हसन्दहमा आज नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले यस्तो भनेका हुन् ।

baburam-bhattaraiनेपाली कांग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अव नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछु, उनले भने, ुनयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ ।ु

मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेको उनको भनाई थियो ।