काठमाडौं, ११ मंसिर । दशौँ पटक अनशनरत चिकित्सक डा।गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।

gkc2-624x424चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा।केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा।सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराधम पौडेलले बताए ।

सरकारले डा-केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उनको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताए । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिएका थिए ।