घोराही १ पर्सामा आज योजना विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटीका अध्यक्ष चतुरमान डागीँको सभापतित्व यबम् साँसद राजु खनालको प्रमुख आतिथ्य तथा नेका क्षत्र नम्बर तीनका सभापति भुप बहादुर डागीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । स्थानयि बासीले बाटोघाटो, पुल पुलेसा र बिजुली पानीको माग गरेका थिए ।
साथै साम्षद खनालले डुम्री घटुवा धारालाई तारवार गर्ने र त्यहाँ रहेको मन्दिरलाई सहयोग गर्ने बताउनु भएको त्यहाँबाट खिमलाल डागीले जानकारी दिनुभएको छ । यसैबिच सौडियार गाबिस वडा नम्बर ५ राजपुरमा पनि योजना विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङग्रेस सौडीयार इकाइका अध्यक्ष कर्णबहादुर बुढाथोकीको अध्यक्षता यबम् साँसद राजु खनालको प्रमुख आतिथ्य तथा नेका क्षत्र नम्बर तीनका सभापति भुप बहादुर डागीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
स्थानयि बासीले बाटोघाटो, पुल पुलेसा र बिजुली पानीको माग गरेका थिए । कार्यक्रममा नेका क्षत्र नम्बर तीनका सचिब बद्री खड्का, पूर्ब जिल्ला सदस्य यज्ञनारायण आचार्य,तरुण जिल्ला सदस्य बिरु खत्री लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रममा बिभिन्न पार्टी परीत्याग गरी २१ जना नेपाली काङग्रेसमा प्रबेश गरेका छन । नब प्रबेशिहरुलाई प्रमुख अथिति खनालले टिका लगाई प्रबेश गराउनु भएको हो ।
