ओखलढुंगा, ६ मंसिर । उपचार अभावमा ओखलढुंगामा एक सुत्केरीको मृत्यु भएको छ । सोमबार विहान सामान्य अवस्थामा घरमै छोरी जन्माएकी रगनी गाविस ७ की २३ वर्षीया रीता मगरको उच्च रक्तस्रावका कारण मृत्यु भएको हो ।
विहान करिब ९ बजे घरमै सामान्य तरिकाले छोरी जन्माएकी मगरको अपरान्ह ३ बजेतिर मृत्यु भएको स्थानीय सुशिला घिमिरेले जानकारी दिइन् । ‘गाउँमा रहेको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको र तत्काल उपचारका लागि अन्यन्त्र लैजान नसकेका कारण उनको ज्यान गयो,’ घिमिरेले भनिन् ।
अनलाइनखबरबाट











