कुसुम बि.क.
बर्दिया,३मंसिर । बर्दिया जिल्लाको मैनापोखर बजार क्षेत्रमा चोरीका घट्नाहरु दिनप्रति दिन बृद्धी भए पछी स्थानीय बासीन्दा आतंकित भएका छन्  ।

chorr_thief1मैनापोखर क्षेत्रमा बिगत चार पाँच महिनामा दर्जनौ साना तिना यस्ता घट्ना हुदै आएको र घटनाको बारेमा  नागरिक लाइ मुस्कान सहित सेवा दिने सुरक्षा निकाय प्रहरी नै मौन हुदा स्थानिय ब्यापारी आक्रोसीत बनेका हुन्  ।

प्रहरी कार्यालयको  आस पासका क्षेत्रमा यस्ता चोरीका घटना बढ्दै गएपछि  स्थानिय बासी थप आतंकित हुनु परेको स्थानिय ब्यापारी तथा पुर्व शिक्षक लिलाकण्ठ पोख्रलले बताए ।

हालका दिनहरुमा मैनापोखर क्षेत्रमा चोरीका घटनामा दिनप्रति दिन बृद्धी भएको छ । विगत १५ दिन भित्र मैनापोखर वजार आसपासमा करिब आधा दर्जन घुम्ति पसल  सिंचाईको लागि  प्रयोगमा रहेका मोटर ,घरमा राखेको अटो रेक्साको ब्याट्री समेत चोरी भएको पिडीतहरुको भनाई रहेको छ ।

 क श्रेणीको ईलाका प्रहरी कार्यालय नजिक दिन प्रतिदीन चोरीको घट्नामा बृद्धी हुनु  प्रहरीको शान्ति सुरक्षा ब्यबस्था कम्जोर भएको व्यापारीहरुले गुनासो व्यक्त गरेका छन् ।

यहि कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय संगै जोडीएको घुम्ती पसल चोरी भएको थियो भने मंगवार राती बजार क्षेत्रैमा साबिर खाँ को घुम्ति पसल चोरी भएको खाँले बताए ।

यता साबिर खाँको घुम्ति पसल चोरी गरी भाग्दै गरेको अबस्थामा ३ जना लाई स्थानियको सहयोगमा नै प्रहरीले पक्राउ गरेको छ ।  चोरी घट्नामा संलग्न  मैनापोखर ६ खुल्ला गाउँ बस्ने उदयराज थारुको छोरा बर्ष १२ का सुवास थारु र बर्ष ११ का सुदिप थारु  , महम्मदपुर गा.बि.स. वार्ड नं ८ भैसाही बस्ने काली बहादुर थारु छोरा बर्ष १४ का सचिन थारु पक्राउ परेका प्रहरीले जनाएको छ ।

घटनामा  संग्लन अन्यको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय मैनापाखरका प्रहरी निरीक्षक हरीदास श्रेष्ठले जानकारी दिनु भएको छ ।