काठमाडौं, ३ मंसिर । व्यवस्थापिका संसद अन्र्तगत अर्थ समितिको बैठक आज बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बस्ने बैठकमा भारत सरकारले लगाएको ५ सय र एक हजार दरका नोटको प्रतिवन्ध पछि नेपालमा रहेका नोटको व्यवस्थापनको बारेमा छलफल हुने छ ।

economisबैठकले भारतिय सरकारको निर्णयले नेपालमा रहेको भारतीय नोटको व्यवस्थापनमा कठिनाई देखिने भन्दै नेपाल सरकारलाई गम्भीर भएर व्यवस्थापनको लागि पहल गर्न निर्देशन दिने समितिले जनाएको छ ।