eeeतुलसीपुर १ मंसिर ।  महिलाले अधिकार प्रयोग गर्दा पुरुषको अधिकार हनन् नहुने बुधबार तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ओरेक नेपाल दाङले आयोजना गरेको महिला हिंसाको अवस्था र महिला स्वास्थ्य विषयमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।

महिलाहरुले अधिकार प्रयोग गर्दा सवैको अधिकार सुनिश्चित हुने भन्दै वक्ताहरुले महिला अधिकारका पक्षमा वनेका नीति नियम कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

महिलाहरुको अधिकार सुनिश्चित गर्न बनेका नीति नियम कार्यान्वायन नहँदा महिला हिंसाका घटना बृद्धि भएको उनीहरुको भनाई छ । उनीहरुले महिलाका पक्षमा वनेका कानुन कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग माग गरेका थिए ।

महिला शसक्तिकरण तथा प्रजन्न स्वास्थ्यका विषयमा जिल्लामा विगत लामो समय देखि काम गर्दै आएको ओरेक नेपालले विभिन्न स्थानमा दश परामर्स केन्द्र सञ्चालन गरी सेवा प्रदान गरेको जानकारी दिएको छ ।

प्रजन्न स्वास्थ्यका साथै महिला स्वास्थ्यको वारेमा गरेको प्रयासले एकहजार ३सय २६महिलाहरुले सेवा लिएको ओरेक नेपालको तथ्याङकमा उल्लेख छ । महिलास्वास्थ्यमा हाल देखिएको विकराल समस्याको जड वालविवहा भएको भन्दै वालविवहा लाई निस्तेज गर्न नागरीकमा चेतना अभिवृद्धि गर्नुपनि आवश्यक रहेको वक्ताहरुको जोडथियो ।

कार्यक्रममा ओरेक नेपालले तुलसीपुरको उरहरी र टरिगाउँमा  पर्यावरणीय नमुना गाउँको हिसावले सञ्चालन गरिएको र ति गाउँमा महिला स्वास्थ्य , कृष्क समुह किश्वरी शिक्षा कार्यक्रम देखि महिलाहरुलाई सामाजिक आर्थिक तथा सासंकृतिक पक्षको मुलप्रवाहमा ल्याउने प्रयास भैरहको ओरेक नेपालकी कार्यक्रम संयोजक तुलसा गिरी ले जानकारी दिईन ।

कार्यक्रम संयोजक तुलसा गिरीको अध्यक्षता एवं तुलसीपुर नगरपालीका का कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको समिक्षात्मक कार्यक्रममा न्यु सि पि सीका अध्यक्ष नवराज लामिछाने ,महिला मानवअधिकार रक्षक दाङकी अध्यक्ष शुष्मा गिरी नगरपालीका का सुचना अधिकारी झरेन्द्र खरेल जनचेतना महिला सचेतना केन्द्रकी कृष्णा चौधरी सामाजिक परिचालक नानीमैया वली लगाएतले वोलेको कार्यक्रमको सहजीकरण ओरेक नेपालकी अधिकृत दिपा धितालले गरेकीथिइन ।