
तुलसीपुर १ कात्तिक । उच्च अदालत बार एसोसिएसन तुलसीपुरले भखरै सरुवा भएर आएका उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिष बम कुमार श्रेष्ठलाई स्वागत गरेको छ ।
बार तुलसीपुरका अध्यक्ष राम शरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तब्य राख्दै मुख्य न्ययाधिष श्रेष्ठले उच्च अदालतको गरिमा कायम गर्नका लागि प्रयत्न गर्ने बताएका छन् ।
उच्च अदालतलाई सहज र सरल बनाउन प्रयत्नशिल रहने बताएका छन् । उच्च अदालत प्रदेश नंबर पाँचको पहिलो मुख्य न्याधिषका रुपमा आएका श्रेष्ठले बार र बेञ्च न्यायका दुई पाटा भएकाले अलग गर्न नसकिने बताए । उनले न्यायमा कुनै सम्झौता नहुँने भन्दै यहाँका सरोकारवाला निकायबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले उच्च अदालतका सेवा ग्राहीलाई सेवा दिनु आफ्नो पहिलो चुनौती र अबशर भएको भनाई छ ।
बार तुलसीपुरका पुर्ब अध्यक्ष शालिकराम रेग्मीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बरिष्ट अधिबक्ता बामदेब शर्मा , उच्च सरकारी वकिल कार्यालयका सह न्याधिबक्ता खड्क बहादुर खड्का , उच्च अदालत बार तुलसीपुरका पुर्बअध्यक्ष प्रबिण लम्साललगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिब श्रीराम चौधरीले गरेका थिए ।











