कुशुम वि.क
बर्दिया  २८ कार्तिक ।  गते राजनीतिक क्षेत्रले महिलालाइ अझै विश्वास गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन ।  बर्दियाको सानो श्री ताराताल नगरपालिकामा रहेको उद्योग वाणिज्य सघ कुशुम्वा वजारमा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाले आयोजना गरेको उद्योग वाणिज्य सघमा महिलाको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वत्ताहरुले सो आरोप लगाउनु भएको हो ।

15050204_1223876401023639_1458284684_nकार्यक्रममा वोल्दै उद्योग वाणिज्य सघका अध्यक्ष देवेन्द्र तिमिल्सिनाले महिलाहरु नेत्रृत्वमा आउनका लागी आफै जागरुक हुनु पर्ने बताउदै जनचेतनाको कमि र शिक्षाको कमिका कारण नै नेत्रृत्वमा आउन आफै पछाडि हटने गरेको बताउनु भयो । साथै उहाले महिला सहभागीता र नेत्रृत्वका लागी आफुले अभियान नै चलाएको बताउदै राजनितिक दलका कारण पनि महिला भन्दा पुरुषको वढि विश्वास भएकै कारण महिलालाइ नेत्रृत्व दिन कन्जुस्याइ गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासघ जिल्ला शाखा बर्दियाका उपाध्यक्ष राधिका बोहराले पुरुषहरुले विश्वास नगर्ने परिपाटिका कारण नै महिलाहरु पछाडि परेको बताउनु भयो । कार्यक्रममा पर्यटन पत्रकार सघ बर्दियाका अध्यक्ष दिपक शर्मा , स्थानियवासी सावित्री शाहि, सुसिला थापा लगायतकाले विहान बेलुका घरको काम काज सकेर दिउसो पसल सचालन गर्ने भएपछि केहि बुझन सकेको बताउदै महिलालाइ प्रयोग मात्र भन्दा पनि अवसर दिनु पर्ने बताउनु भयो । क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विकको सभाध्यक्षतमा भएको कार्यक्रममा स्थानिय व्यापारी सन्चारकर्मि लगायतको उपस्थिति रहेको थियो ।