काठमाडौं, २८ कार्तिक । सरकारले स्वास्थ्य मन्त्री गगनकुमार थापा अनुपस्थित रहेको अवस्थामा चोरबाटोबाट प्रस्ताव लगेर कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।

img_7358-800x534स्वास्थ्य मन्त्री थापाले मन्त्रिपरिषद्मा छलफलका लागि पेश गरेको उपचार खर्चसम्बन्धी कार्यविधिमा छलफलै नगरी मन्त्रिपरिषद्को आजको बैठकले नेतृ कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री थापा तरुण दलको महाधिवेशनमा पोखरा रहेका बेला गृहमन्त्र विमलेन्द्र निधिमार्फत चोर बाटोबा प्रस्ताव मन्त्रिपरिषद्मा लगेर ५० लाख रुपैयाँ उपचार खर्च सुजतालाई दिने निर्णय गरेको छ । सुजाताले आफ्नो स्तन क्यान्सरको उपचारका लागि भन्दै १ करोड रुपैयाँ मागेकी थिइन् । तर सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री थापाले एकसाताअघि मन्त्रिपरिषद्मा पेश गरेको स्वास्थ्य उपचार खर्च वितरणसम्बन्धी कार्यविधिमा एक पटक पनि छलफल नगरी गृहमन्त्रीको प्रस्तावमा सुजातालाई रकम दिइएको हो । तर रकम दिएकोमा स्वास्थ्उ मन्त्री थापाले भने अशन्तुष्टि व्यक्त गरेका छन् ।