एएफपी । सरिफस्थित जर्मन महावाणिज्य दूतावासलाई लक्ष्य गरी हिजो भएको आत्मघाती बम आक्रमणमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा १ सय २० जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले जनाएका छन् ।

12112016011626german-embassy-1000x0आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक ट्रक महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले बताएका छन् । विस्फोटलगत्तै बन्दुकधारीले

आक्रमण गरेपछि जर्मन तथा अफगान सुरक्षा बलसँग गोली हानाहान भएको थियो । यसै महिनाको सुरुमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी कुन्दुज प्रान्तमा ३२ भन्दाबढी सर्वसाधारणको मृत्यु भएको ‘बदला’ मा उक्त आक्रमण गराइएको तालिवान समूहले दाबी गरेको छ । आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला छन् ।