इन्द्रेणी संवाददाता
सल्यान, ४ जेठ । लघु उद्यम बिकास कार्यक्रले सल्यानमा संन्चालन गरेको जिल्ला स्तरिय सरोकार वाला निकायको टोलीले संयुक्त्त अनुगमन गरेको छ । नेपाल सरकार र यु.एन.डि.पी को आर्थिक सहयोग तथा स्थानीय गैर सहकारी संस्था मध्यपश्चिम युवा मिलन केन्द्र सल्यानको आयोजनामा सल्यानमा संचालनमा रहेका गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्त्तरगत चलिरहेका बिभिन्न क्रियाकलापको अनुगमन गरिएको हो । सल्यानको बामे गाबिसको वडा नं ६ मा सन्चालीत ३ महिने सिलाई कटाई तालिम तथा च्याउ खेती तालीम,देबस्थल ६ आम्रामा संन्चालनमा रहेको ३ महिने ढाका बुनाई सम्बन्धी शिप बिकास तालीमको अनुगमन गरिएको छ ।
त्यसैगरि सल्यानको माझखर्क गाबिसको रैकलमा संचालनमा रहेको सिलाई कटाई ताीम समेतको अनुगमन प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल सहितको टोलीले गरेको बताईएको छ । गरिबीको रेखामुनी रहेका हरुलाई पहिले ७ दिनको तालीम सन्चालन गरी व्यबसायीक कार्ययोजना बनाई तालीममा सहभागीहरुको मागकै आधारमा विषय छनोट गरी सिपमुलक तालीम संन्चालन गरीएको घरेलु तथा साना उद्योग विकास समिती सल्यानका प्रमुख सुनील आचार्यले बताउनु भयो । अहिले सन्चालन गरीरहेको तालीम सकियपश्चात पनि तालीममा सहभागीहरुले आबश्यक महसुस गरेमा र माग गरेमा फेरी पनि अर्काे चरणको तालीम सन्चालन गरी दक्ष बनायर मात्र छोडीने प्रमुख आचार्यले बताउनु भयो । कार्यक्रमले बामे , देवस्थल र माझकाँडा गरी विभिन्न क्षेत्रमा करिब ७० जना महिलाहरुलाई तालीममा सहभागी गराईने मध्यपश्चिम यूवा मिलन केन्द्र सल्यानका अध्यक्ष ओज बहादु् बुढाथोकीले बताउनु भयो ।
अनुगमन कार्यक्रममा बोल्दै प्र्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले स्थानीयहरुको आवश्यक्तामा पहिचान गरी सन्चालन गरीने क्रियाकलापहरु सफल हुने बताउनु भएको थियो । उहाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । त्यस्तै स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलले स्थानीयलाई सिप हस्तान्तरण गर्न सके गरिबी निवारण गर्नेमा योगदान पुग्ने बताउदै यस्ता कार्यक्रमलाई जि.वि.स सल्यानले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा लघुउद्यम विकास कार्यक्रमका क्षेत्रिय कार्यक्रम प्रबन्धक भिम बहादुर विष्टले तालीममा सहभागीहरुलाई पुर्ण रुपमा उद्यमी बनायर मात्र छोड्ने बताउनु भयो । अनुगमन कार्यक्रममा उद्योग बाणिज्य संघ , जिल्ला विकाु समिती अन्र्तगत विभीन्न समन्वय समितीका उपाध्यक्षहरु , पत्रकार लगायतका सरकारवालाहरुको सहभागीता रहेको थियो ।