एजेन्सी, २५ कार्तिक । राष्ट्रपति पदमा विर्नाचित भएका २४ घण्टा नवित्दै अमेरिकाको राष्ट्रपति डोनाल्ट ट्रम्पका विरुद्ध नारावाजी शुरु भएको छ । अमेरिकाको विभन्न सहरमा उनी हाम्रो राष्ट्रपति होइनन् भन्दै जनताले विरोध प्रदर्शन गरेका छन् ।

trump-protest-3विभिन्न सहरका ट्रम्प मेरा राष्ट्रपति होइनन्’ भन्ने प्लेकार्ड बोकेर आज बिहिबार विहानैदेखि अमेरिकीहरु हजारौंको संख्यामा सडकमा ओइरिएका छन् । तर बिहिबार नै राष्ट्रपति ओबामाले ट्रम्पलाई सत्ता हस्तान्तरणबारे छलफल गर्न ह्वाइट हाउस निम्त्याएका छन् ।

protest-against-trump-5अमेरिकी समाचार संस्थाहरुका अनुसार न्यूयोर्क, वासिङटन, बोष्टन, सिकागो, अटलान्टा, सान फ्रान्ससिस्को, फिलाडेल्फिया लगायतका ७ वटा शहरमा हजारौंको संख्यामा प्रर्दशनकारी सडकमा ओर्लिएका छन् ।

सो क्रममा सानडियागो शहरमा नव निर्वाचित राष्ट्रपतिको बिरोधमा उत्रिएका प्रर्दशनकारी र ट्रम्प पक्षधरवीच झडप भएको छ । प्रहरीले झडपमा सहभागी केहीलाई पक्राउ गरेको बताइएको छ ।