नुवाकोट, २५ कार्तिक । नुवाकोटको लिखु गाविस–२ मजुवामा झगडा हुँदा दम्पतीसहित तीनजनाको मृत्यु भएको छ । हिजो राति मजुवास्थित आफ्नै घरमै खाना पकाइरहेको समयमा ५५ वर्षीय सुन लामा तामाङले आक्रमण गरेपछि सुरु भएको झगडामा तीनजाको ज्यान गएको हो ।

kutpitझगडाका क्रममा स्थानीय ७२ वर्षीय धनबहादुर तामाङ, उनकी पत्नी ७१ वर्षीया कान्छी तामाङ र कुटपिटमा संलग्न ५३ वर्षीय सुन लामा तामाङको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय सिक्रे जनाएको छ ।

सिक्रेका प्रहरी नायव निरीक्षक बुद्धिबहादुर तामाङका अनुसार कुटपिटबाट धनबहादुर दम्पतीको घटनास्थलमै ज्यान गएको हो भने कुटपिटमा संलग्न सुन लामा तामाङको घटनास्थल भन्दा ५० मिटर तल शव भेटिएको छ ।

घरभित्र खाना पकाउँदै गरेको समयमा स्थानीय २३ वर्षीया रबि तामाङ लगायतले कोदालो र ढुङ्गा लगातयका घरेलु हतियार प्रयोग गरी धनबहादुर दम्पतीमाथि आक्रमण गरेका प्रहरी नायव निरीक्षक तामाङले बताए ।

प्रहरीले लिखु– २ मजुवाका २३ वर्षीय रबि तामाङलाई पक्राउ गरेको छ । कुटपिट गर्न आएकाको प्रतिकार गर्दा ज्यान गुमाएका धनबहादुर दम्पतीकी छोरी दिलमाया तामाङ पनि घाइते भएकी छिन् । उनको बायाँ हात भाँच्चिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ ।