दाङ, २३ कार्तिक । सौडियार ७ डबरगाँउका स्थानीयबासीहरुसँग सांसद राजु खनालले भेटघाट गर्नुभएको छ । सांसद खनालको उपस्थितिमा स्थानीय विकास निर्माण अवलोकन एवं छलफल कार्यक्रम भएको हो ।

1त्यस अवसरमा ९६ जना विभिन्न पार्टि परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए । सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं सांसद खनालको प्रमुख आतिथ्य र कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा लौटन चौधरी र कदम बहादुर चौधरीको नेतृत्वमा ९६ जना कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रवेशीहरुलाई सांसद खनालले सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय सचिव बद्रि खडका, क्षेत्रीय सदस्य रेखबहादुर वली, तरुण दलका जिल्ला सदस्य विरबहादुर खत्री (विरु) लगायतले नवप्रवेशीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।