घोराही १९ कार्तिक । घोराहीमा दुई समुहबिच झठप हुँदा एक जना घाईते भएका छन् । घोराहीका चर्चित युवा बिकास पुन र बाबु पुन बिच बुधबार राती सवा नौ बजे तिर झडप भएको हो ।
डिके पेट्रोल पम्प नजिकै भएको झडपमा परि बिकासको टाउकोमा चोट लागेको छ । बाबु पुनको समुहले बिकास पुनको टाउकोमा बियरको बोतलले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनीहरुबिच केही समय अघि पनि झडप भएको थियो ।
केही समय शान्तरहेको उनीहरुको बिचको बिबाद बुधबार बल्झिदा झडप भएको बताईएको छ । झडपमा परी घाईते भएका बिकासको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार पछि थप उपचारका लागि बुधबार राती नै नेपालगञ्ज रेफर गरिएको छ । बिकास घोराहीका गुन्डा नाईकेका रुपमा परिचित हुदै आएको प्रहरीले जानकारी दिएको छ ।
बाबु पुनको समुह भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
