मलेसिया १८ कार्तिक । मलेसियाकाे एक कम्पनीका श्रमिकहरुले विभिन्न माग राखी कम्पनीमा काम हडताल गरेका छन । मलेसियाको निलाइ स्थीत “डव्लु आर पि एसिया प्यासफिक” ग्यलाेभ कम्पनीमा” कार्यरत नेपाली, बङगाली , भेतनामी, म्यानमार, ईन्डाेनेसिया लगाउतका श्रमीकहरु साेमबार बाट लगातार हडतालमा उत्रीएका हुन ।

14877624_1277450048973048_1932734731_nकम्पनी प्रशासन तथा एच अार म्यानेजरले श्रमीक माथी अभ्रद्र व्यावहार गरेको, भने जस्तो सेवा सुविधा नदिएको, अनावश्यक छेडखन गर्ने , कम्पनी बाहिर पनि जहाँ भेट्याे त्यहि पकेट चेक गर्ने, कुटपिट गर्ने , हस्पिटल नलिने, मेडिकल सर्टिफिकेट स्विकार नगर्ने ,भिषा अबधि पुरा हुदा पनि घर फर्कन नदिने, हाेस्टेलबाट बाहिर किनमेल गर्न जांदा प्रमेशन लेटर लिनुपर्ने तर लेटरमा म्यानेजरले हस्ताक्षर नगरिदिदा बहिर जना नपाउने , कदम कदाचित बाहिर अाबश्यक सामान किन्न गएकाे थाहा पाएपछि पैसा काट्ने , खानपिन राम्राे नदिने, सुतेकाे समयमा पनि हाेस्टेलमा अनावश्यक चेक गर्ने जस्ता मानसिक टचर दिने लगायतका ज्याददि बिरुद्ध श्रमिकहरुले हडताल गरेका हुन ।

सो कम्पनीमा करिव ३ हजार नेपाली पुरुष र महिला सहित ७ हजार आप्रवासी श्रमीक कार्यरत रहेका छन् । श्रमिकको समस्या बारे नेपाली दुताबास मलेसियामा जानकारी भयाेकाे र दुताबासबाट प्रतिनिधिहरुले कम्पनि प्रशासन संग भटेकाे तर श्रमिक संग नभेटकाे त्यहाँ स्थित श्रमिक जि.पि एसके ले हामीलाई जानकारी दिए ।

कम्पनीकाे ज्यादती सहन नसकेर धेरै श्रमिकहरु अबैधानिक भै अन्यत्रै काम गर्ने गरेकाे श्रमिकहरु बताउछन । कम्पनीकाे यस्ताे ज्याददि बारे नेपाल स्थित सम्बन्धित म्यानपावरहरुमा खबर गर्दा पनि कुनै पहल नलिएकाे बरु उल्टै श्रमिकहरु निरन्तर पठाई रहेकाे श्रमिककाे गुनासाे रहेका छ । नेपालबाट थुप्रै म्यानपावर एेजेन्टहरुले यहाँ कामदारहरु पठाई रहेका छन ।