काठमाडौं , १७ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच सामूहिक भेटवार्ता हुने भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार मध्याहृन काठमाडौं आइपुगेका छन् । उनले आजबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।
मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरुले राष्ट्रपति मुखर्जीसँग बिहीबार साँझ ८ बजे हायत होटलमा सामूहिक भेटवार्ता गर्ने तय भएको छ ।
अनलाइनखबरबाट











