नुवाकोट– नुवाकोटको तारुका गाविस – १ स्थित ढुंगेपाटो भन्ने स्थानमा आइतबार दिउँसो यात्रुबाहक मिनीबस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
तारुका १ स्थित तारुकाघाटबाट जोरचौतारा भन्ने स्थानको लागि छुटेको बा३ ख २००० नम्बरको उक्त मिनिबस दुर्घटना हुँदा तारुका ५ की विमला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का स्थानीय विष्णु अधिकारी गम्भीर घाइते भएको घटनास्थलबाट पत्रकार विष्णु तारुकेले रातोपाटीलाई बताए ।
सिग्देल यातायातको उक्त बस रुटपरमिट बिनै सो स्थानमा सञ्चालित रहेको प्रहरीले जनाएको छ । बस ब्रेकफेल भएर भित्तामा धँसिन पुगेको थियो ।











