काठमाडौं, १३ कात्तिक । सरकारले चीन र भारतका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शनिबार चीन र भारतका लागि दुई राजदूत नियुक्त गरेकी हुन् । भारतमा दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेललाई नियुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा राजदूत नियुक्त गरिएको हो ।
उपाध्याय त्रिपुरेश्वर काठमाडौं निवासी हुन् । पौडेल बलेटक्सार, गुल्मी निवासी हुन् ।
