सिकागो, १३ कात्तिक । अमेरिकाको उत्तरी शहर सिकागोस्थित अन्तर्रास्ट्रिय बिमानस्थल ओहेयरमा उड्ने तयारीमा रहेको अमेरिकन एयर लाइन्सको बिमानमा भीषण आगालगी भएको छ ।
स्थानीय समयअनुसार अपरान्ह सिकागोदेखि मायामी (फ्लोरिडा) जान फस्ट टेक लिएर दोस्रो टेकमा जमिन छोड्नै लाग्दा एक्कासि विमानमा धुवा देखेर चालक दलका सदस्यहरु विमान रोक्न प्रयास गरेका थिए ।
अमेरिकी एयरलाइन्सले ३८३ नम्बरको प्लेनमा १६१ जना यात्रुहरु लिएर मायामी उड्न थालेको विमानबाट हतारमा बाहिर निस्कदा कम्तिमा २० यात्रु घाइते भएका छन् ।
घाइते यात्रुहरूलाई नजिकैको लुथरन जनरल हस्पिटलमा एम्बुलेन्समार्फत पुगाइएको छ । यात्रुहरुलाइ आगोले नपोले पनि धुवाले असर गरेको उनीहरुले बताएका छन् ।
जहाजबाट बाहिर निस्किएर हेर्दा जहाजको सबै कुनामा आगो देखिएको र धुवाको ठूलो मुस्लो देखिएको विमानका यात्रु गेरी केत्रले बताए ।
जहाजमा आगो लागेलगतै आएका फायरका गाडीहरुले आगो नियन्त्रण गरे पनि लामो समयसम्म धुवा देखिएको एयरपोर्ट नजिकै इल्कग्रोभ भिलेजका रिचाड कोर्नेले बताए ।
जहाजमा कसरी आगलागी भयो भनेर जाचबुझ गरिने उड्डयन कर्मचारिहरुले जानकारी गराएका छन् । मायामी जान थालेका यात्रुहरुलार्इ कसरी पठाउने भनेर सर्सल्लाह भैरहेको अमेरिकि एयर लाइन्सका अधिकारीहरुले बताएका छन् ।
आगलागीबाट जहाजको बाहिरी र केही इन्जिनहरुमा क्षति पुगेको समाचार स्रोतले जनाएको छ ।