घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय कर्मचारीहरु ४३ सुत्रिय माग राख्दै विगत ६ महिनादेखी आन्दोलीत भएका छन् । तर आफूहरुको माग ६ महिनासम्म पनि उद्योग नसुनेको र कर्मचारीहरुलाई पूर्ण रुपमा वेवास्ता गरेको बताएका छन् ।

810x378xgorahi1-jpg-pagespeed-ic-gnvckgrklbआन्दोलिनमा रहेका कर्मचारीहरुलाई उद्योगले काममा हाजिरी पनि नबनाएर आफूहरुमाथी ज्यादती गरेको कर्मचारी संघसंगठनले आज विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

नेपाल कारखाना श्रमीक संघका अध्यक्ष विमल पौडेल र अखिल नेपाल औद्योगीक मजदुर संघका अध्यक्ष दिपक विकले आज एक विज्ञप्ती निकालेर आफूहरुको अन्दोलन ६ महिनादेखी जारी भएपनि आधिकारिक रुपमा वार्ता र छलफलकालागी नबोलाएको बताउनुभएको छ । साथै विज्ञप्तीमा कर्मचारीहरुको मागलाई वेवास्ता गरेमा तिहार लगत्तै नयाँ स्वरुपको आन्दोलन गरिने उल्लेख गरिएको छ ।