tulsi-higer-secondaryतुलसीपुर १३ कात्तिक  । तुलसी उमाबिका बिद्यार्थीले भ्रमण जान भनी संकलन गरेको रकम लुटपाट भएको छ । दुई जना ब्यक्तिले हतियार देखाएर तुलसी उमाबिका बिद्यार्थीले संकलन गरेको रु ४० हजार लुटपाट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले दिएको जानकारी अनुसार ती आठ जना बिद्यार्थी बिद्यालय जान लागिरहेको बेला सोही बिद्यालयमा अध्ययनरत किरण बिएमले तास खल्न भनी ईलाका प्रहरी कार्यालय तुलसीपुरको उत्तर तिर रहेको आफ्नो घरमा लिए । उनीहरु पनि तास खेल्न भनी किरणको घर गएका बेला बर्षाद ओली , असिम सिंह र पवन ओली भन्ने ब्यक्ति त्यहाँ आए ।

त्यसपछि ती बिद्याथीहरुलाई थारु गाउ तिर तास खेल्न भनी लिएर नक्कली पेस्तोल , तरवार र रड देखाएर उनीहरुले भ्रमण जान भनी बिद्यालयमा संकलन भएको रकम ल्याउन लगाए । उनीहरुले रकम नल्याएर कुटपिट गर्ने धम्कि दिएका थिए । त्यस पछि एक जना बिद्यार्थी उक्त रकम लिन बिद्यालय गए भने अन्य बिद्यार्थीलाई आफ्नो नियणत्रणमा लिए ।  त्यसपछि उनीहरुले बिद्यालयबाट लिएको रकम उनीहरुले लुटे ।

सोही घटनामा संलगन रहेको भन्दै प्रहरीले तीन जनालाई  नियणत्रणमा लिएको छ  भने एक जनाको खोजी कार्य भईरहेको ईलाका प्रहरी निरिक्षक पाण्डेले बताए ।  घटनामा संलग्न बर्षाद ओली फरार रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट नक्कली पेष्तोल , एउटा तरवार , फलामको रड नियणत्रणमा लिईएको प्रहरी निरिक्षक पाण्डेले बताएका छन् ।

पक्राउ परेकाहरुको बयानका आधारमा असिम भन्ने केटाले अन्य तीनजनालाई डर देखाएर अपराधिक क्रियाकलापमा संलग्न बनाएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।  तुलसी उमाबिका बिद्यार्थीले कात्तिक १७ गते भ्रमण जान भनी उक्त रकम संकलन गरेका थिए ।