लक्ष्मण रसाइली (समर्पण)
खुसी भन्ने चिज यस्तो हो कि जहाँ हर्षका पुस्पहरु छरियर बस्छ्न तब खुसी फैलिन्छ। त्यस्तै मानवका अनेकौ सपना हुन्छन् जसमा आ आफ्ना सोच बिचार पनि फरक नै हुन्छन्। जब धेरै खुसी नियाल्नको लागि र ती सपना पूरा गर्नको लागि केही न कतैबाट आर्थिकको सहयता चाहिन्छ।जति सुकै अनुभवी या त योग्यता बान ब्यक्ती किन नहोस् तर हाम्रो यो नेपालमा बेरोजगारीको जालो नै पसेको छ। त्यस्तै एक साझको कुरा थियो ।
म भतुवा आफ्नो अध्ययन सकाएर घुमी रहेकी घुमन्ते कता कता हल्लिएर घर पुगेको थियाँ अनि घरमा बाबा मामु अनि भाइहरुसंग खाना खायर सुत्ने बेला भएको थियो।अनि कता कता खुसी अनि दुःख बेदनाका कुरा निस्किय बाबा अनि मामुका म सुन्न तिर लागे अनि म घुमन्ते भने कहिले नि न घर न परिवार न बाबा आमाको दुख बुझ्ने लाएक नै थियाँ। त्यो दिन तर धेरै सुने अनि मनमा हरेक कौतुहलता उठेर आएँ ।
त्यहाँ कुरा निस्केका थएय ,बाबा अनि आमाका, छोरा ठुला ठुला पनि भइ सके उनी हरु को अध्ययन अध्यापन लुगा कपड़ा खर्चदेखि लियर हरेक कुरा भइ रहेका थियाँ । तर जति बाबा आमालाई दिनु दुःख भने मैले दिई सकेको थियाँ अनि ती साना दुई भाइको भबिस्य त हेर्नू बा आमाको कर्तव्य थियो।अनि त्यो रात सुते ,ती साना कुरा सोच्दा सोच्दा निन्द्रा न लाग्दै उज्यालो घाम उदायो अनि उठे ।मामुले चिया ल्याउनुभयो अनि चिया पिन नि मन नै गरेन।गरिब को पिडा अनि त्यसमा पनि अध्ययन शिलशिला मै धेरै सम्पत्ति भने बिताइ सकेको थिय।बाँकी रह्यो त्यही सानो घर,अनि अध्ययन ले मात्रै कहाँ हुन्छ । र त्यसमा पनि धेरै योग्य तथा जागिर मा लाग्न लाई आफ्नो कोहि मान्छे त अगाडी हुनु नै पर्यो ,नेपाल को सन्दर्भ त्यही हो, तर आफ्नो कोहि भएन।बेरोजगार भय बाबा अलि नसक्ने पनि हुनु भयो जिम्मेवारी बढन थाल्यो।किन कि परिवारको हर खुसी म मा थियो आस आदार म माथी नै थियो।
अनि हरेक जिम्मेवार बढदै गर्दा स्वरोजगार भन्ने सम्भावना नै रहेन अनि धेरै सोचे,तर कहि कतै केही गर्न सकियन,दौड धुप गरे जिन्दगीका ती सोचेका लक्ष्य का बाटोहरुमा तर बाटो भने भिर नै भिरले बन्द थियो।अनि अर्को दिन सोचे फेरि सोचे,धेरै सोचे तर सोछे जस्तो म गरिबमा सफल हुन सकेन ।कारण स्आर्थिक स्रोतको ।अनि बाबा मामु अनि ती साना दुई भाइ मा मैले नै खुसी छर्नुपर्छ। मैले नै दुःख गर्नु पर्छ, बुढा बाले जे गर्नु थियो मेरो लागि सबै गरि सक्नु भएको थियो।अनि स्वरोजगारको अवस्था नभएपछि अब गर्नु केरुप्रश्न थियो।अनि अब बाकी थियो बिदेश,वैदेशिक रोजगार, जहाँ प्रबासी भुमीमा पसिना बगाउनु, अनि अन्तिम निष्कर्श यसमा नै गरे।अनि मामुलाई भन्न बाध्य भय अनि भने पनि, अनि त्यही कुरा घर मा चल्यो, तर स्वीकार भने भएन ,मेरो भने अन्तिम सोच थियो।ती अनेक सपना पूरा गर्नु थियो।अनि गर्दा गर्दा अस्विकार हुँदाहुँदै पनि परदेशी हुन नै पुगे। हिडियो परदेश, छिटो गरेको आफैले गरेको निर्णय कहाँ बलियो हुन्छ,र प्रबासी भुमी कतारमा प्रबेश गरे अनि म भने मेनपावरको ठगीमा परेको थियाँ तर थाहा थिएन। कतार पुगेपछि मात्र थाहा भो जब कम्पनीमा भनेको काम र भनेको तलब नपाउदा ,म भय प्रबासि पीडित ।
किन कि यो निर्णय आफैले गरेको हुनाले स्वदेश यति सजिलै फर्कन सकिन। अनि त्यही मा सन्तुष्ट हुँदै बसे।अनि हुदा हुदा म जस्तै हजारौं पीडित भेट्न् थाले कतार मा,झनै मन कोमल हुन थाल्यो ,म पीडित छु तर अरुको लागि केही गर्नु पर्छ मैले भन्ने सोच आउन थाले।तर म पनि केही सपना बोकेर नै कतार पुगेको थिय।अनि अब पीडित प्रबासीको सारथि बन्ने कसरी रुन कुनै हैसियतको मान्छे नै मरुतर स्वदेशका ती इच्छा र लक्ष्यका बाटो मा गरिएका कार्यबाट नै सुरु गर्ने सोच आयो त्यसमा केवल एउटा बाटो थियो सञ्चार माध्यम । त्यसलाई नै समाते। साथ पाय चारै तिरबाट अनि आफू जस्तो स्तिथीमा रहेर पनि पीडित प्रबासी को साथ मा कलम चलाय भन्दा कलम बलियो हुन्छ भने झै त्यही कलम सञ्चार माध्यम को साथ बन्यो।
उता भने ती आफ्ना पिडा र सपना केवल मुटुका कुनामा थियाँ । ती सपना साकार पार्ने माध्यम नै समाते झै लाग्यो।अनि कलम चलाउदै गर्दा पीडित प्रबासी को उद्दार सफल हुँदै गय।तर प्रबास मा साथ पनि धेरै जमेको थियो गैरसरकारी संघ सस्था स्वदेशी संघ सस्था एबम प्रतिनिधि एबम सबैको साथ भने जुटाउन सफल नै थिय।हुँदै गर्दा अगाडि बढने बाटो रोज्नु थियो कोहि कसैलार्इ साथ दिनु थियो।अनि त्यही बाटो आफ्नै जन्म थलो कै जाजरकोट प्रबासी सेवा समाज स्थापना गर्ने सम्म साथ मिल्यो।झनै बाटो सहज बन्यो।
र यति बेलासम्म भने धेरै पीडित प्रबासीको उद्दार सफल भइ सकेको थियो साथ भने अति नै जुटाउन सफल थिए । त्यही साथले नै अगाडि बढन सहज थियो। विभिन्न सन्चार माध्यमका साथै आ आफ्नो ठाँउबाट साथ दिने सबैमा अहिले आभार प्रकट गर्दछु।किन कि आफै पीडित भयर पनि अरुको सेवा गर्न पायको थिय त्यही नै मेरो सुभ कर्म थियो। प्रबास को ठुलो कमाइ भनेको नै मेरो यहि बन्यो। परिवार गाउँ समाजको मन जित्न सफल भय बाबा मामुको पनि यहि खुशी बन्यो।सानै देखिको समाज सेवाको लक्ष्य प्रबासमा पूरा भयो।कसै को पुनर्जीवनसम्म दिन सकियो झन सबै भन्दा ठुलो सुभ कार्य।सबै थोक पैसा नै हो भन्ने हुदैन र कसैको सेवा गर्नु नै सुभ कर्म हो भन्ने बल्ल अहिले बुझ्छु आखिर घरका ती जिम्मेवारी पनि अहिले सफल नै छन परिवार खुसी नै छ।मेरो काम देखेर।त्यस मा नै मलाइ गर्व छ।
आफ्ना ती अनेक बिबश्ताले प्रबासी भुमिमा पुगे अनि पीडित प्रबासीको साथी बने।र पीडित कै उद्दारमा साथ दिने सबैमा बिशेश धन्यवादका पुस्पहरु छर्न चाहे।अनि जो प्रबासी भुमीमा जेल,अलपत्रमा परेका पीडितहरु स्वदेश फर्कनु भयका प्रती दिर्घायु एबम प्रगतीको कामना पनि गरे।साथै अझै सबैको साथ र सहयोग जुटने नै छ भन्ने बिस्वाश सहित बास्तबिकता यहि राखे।
