काठमाडौं, ११ कार्तिक । सरकारले गत वर्षको भूकम्पका बेला बंगलादेशले दिएको अनुदानको चामल दुर्गम ८ जिल्लामा तत्काल पु¥याउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको छ ।

c465f8ee316bd222050f8ea18a0cf7d2आपूर्तिमन्त्री दीपक बोहराको अध्यक्षतामा हिजो बसेको पर्यटनमन्त्री जीवनबहादुर शाही र कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले कर्णालीका ५ जिल्लासहित गोरखा, बझाङ र बाजुरामा भोकमरीको समस्या आउन सक्ने भएकाले बंगलादेशको चामल पु¥याउने निर्णय गरिएको जानकारी दिए ।

बंगलादेशले डेढ वर्षभन्दा अनुदानमा चामल दिएको थियो । बंगलादेशले नेपालका भूकम्प प्रभावितलाई राहत स्वरूप ५० हजार टन चामल अनुदानमा दिएको थियो । बैठकले कुन जिल्लामा कति चामलको माग छ भन्ने प्रतिवेदन बनाउन खाद्य संस्थानलाई निर्देशन दिएको छ ।