काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका युवा युवा केन्द्रीयहरूले लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा समर्थन जुटाउन आफ्नो दलका सांसदहरूसँग परामर्श गर्ने भएका छन् । काठमाडौंमा अपरान्ह चार बजे हुने छलफलमा कांग्रेसका युवा नेताहरूले महाअभियोगको पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने स्रोतले जनाएका छ ।
महाअभियोगको पक्षमा समर्थन जुटाउन केन्द्रीय सदस्य धनराज गुरुङ, विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रदीप पौडेललगायतका नेताहरूले कांग्रेसका सांसदहरूसँग छलफल गर्न लागेका हुन् । कांग्रेसका युवा नेताहरूले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेर शीर्ष नेतृत्वले गरेको गल्तीलाई महाअभियोगबाट हटाएर सुधार गर्नुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।
युवा नेताहरूको यो अभियायनले कांग्रेस नेतृत्वलाई महाअभियोगको पक्षमा निर्णय गर्न दबाब परेको छ ।