dsc09427

दिपक बोहरा , तुलसीपुर ८ कात्तिक ।  दाङका झण्डै २४ हजार बालबालिका अझै बिद्यालय बाहीर रहेको एक तथ्याङ्कले देखाएको छ ।

शिक्षा बिभागको फल्यास् रिपोर्ट अनुसार दाङमा बिद्यालय जाने उमेरका २३ हजार सात सय ४४ बालबालिका अझै बिद्यालय बाहिर रहेका छन् ।

यस अघि जिल्ला शिक्षा कार्यालय दाङ्ले बिद्यार्थी भर्ना अभियानमा देशकै उत्कृष्ट भएको दाबि गर्दै आएको थियो । तर अझै पनि दाङमा १० हजार छात्रा १२ हजार ९ सय ९९ छात्र बिद्यालय बाहिर रहेको बिभागको फल्यास रिपोर्टले देखाएको छ ।

शैक्षिक सत्र शुरु भएको एक महिना बिद्यार्थी भर्ना अभियान संचालन गरेको शिक्षा कार्यालयले उल्लेख्य रुपमा बिद्यार्थिलाई बिद्यालय ल्याउन नसकेको तथ्याङ्कले देखाएको छ । राप्तीका अन्य जिल्ला भन्दा दाङ बिकाशका दुष्टिले सुगम तथा शिक्षाका क्षेत्रमा अगाडि रहेको मानिएपनि अन्य जिल्लाको तुलनामा बिद्यालय बाहिर रहेका बालबालिकाको संख्या बढि दाङमै रहेको तथ्याङ्कले देखाएको छ ।

त्यसपछि राप्तीको रोल्पामा सबै भन्दा बढि बालबालिका बिद्यालय बाहिर रहेका छन् । जहाँ ७ हजार ६ सय ६८ छात्रा र ६ हजार पाँच सय एक छात्र गरी १४ हजार एक सय ६९ बालबालिका बिद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्युठानमा ७ हजार तीन सय ७४ छात्रा र ६ हजार ६ सय १४ छात्र गरी १३ हजार ९ सय ८८ बालबालिका बिद्यालय बाहिर रहेका छन भने सल्यानमा ४ हजार ३९ छात्रा र पाँच हजार पाँच सय ६० छात्रगरी ९ हजार ६ सय ९ बालबालिबाका बिद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी रुकुममा ४ हजार पाँच सय ५६ छात्रा र ४ हजार ४ सय ८६ छात्र गरी ९ हजार ४२ बालबालिका बिद्यालय बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालय दाङले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयको पहुँचमा पु¥याउने उद्देश्यले पहिलो चरणमा बैशाख १ गते देखी १५ गते सम्म र दोस्रो चरणमा बैशाख १५ देखी ३० गते सम्म अभिायन संचालन गरेको थियो । दाङमा सडक बालबालिका , रोजगारका लागि अभिभाबसंग बाहिरी देश तथा जिल्लामा जानेलागयतका समस्याले गर्दा अझै बिद्यालय जाने उमेरका बालबालिकाहरु बिद्यालयको पहुँचमा पुग्न नसकेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताए । दाङमा सडक बालबालिकालाई बिद्यालयको पहुँचमा पु¥याउन सहरी बाल शिक्षालगायतका कार्यक्रम पनि संचालन भईरहेका छन् । तर पनि अझै धेरै सडक बालबालिकाहरु शिक्षाको पहुँचमा पुग्न नसकेको अधिकारी मैनालीले बताए ।

मैनालीले राष्ट्रिय स्तरमा तुलना गर्दा दाङ त्यति पछाडि नरहेको दाबि पनि गरेका छन् । उनले भने ‘देशभरमा दश लाख बालबालिकाहरु बिद्यालय बाहिर छन् , यसरी तुलना गर्ने हो भने दाङ बिद्यार्थी भर्ना अभियानमा अगाडि नै छ । ’ दाङमा बालबालिकाहरु अभिभाबक संग छिमेकी मुलुक भारत जाने, आमाबुवा नभएर सडकमा भौतारिरहेका तथा ईट्टाभट्टामा काम गर्ने बालबालिका बढि बिद्यालय बाहिर रहेको मैनालीले बताए । यस्ता बालबालिकालाई बिद्यालयको पहुँचमा पु¥याउन निकै चुनौती रहेको उनले बताए । बालबालिकालाई एक सेट ड्रेस , पुस्तक , फिस दिएर मत्रै बालबालिकाहरुलाई बिद्यालय ल्याउन सकिदैन् उनले राप्ती समाचारलाई भने ‘ त्यस्का लागि उनीहरुको रोजी रोटीको पनि ब्यबस्था गरिदिनु पर्छ ।’

 आमाबुवा नभएका सडक बालबालिकाहरुलाई साँझ बिहानको छाक टार्नलाई दिनभर काम गर्नुपर्ने भएकाले कापि , कलम , ड्रेसले मात्रै बिद्यालय ल्याउन नसकिने उनको तर्क थियो । उनले दिएको जानकारी अनुसार केही बालबालिका अपाङ्ग भएकाले पनि बिद्यालय आउन समस्या हुने गरेको बताए । बिद्यालय अपाङ्ग मैत्री नहुदा उनीहरुलाई बिद्यालय आवत जावत गर्न कठिनाई हुने भएकाले घरमै बस्ने गर्छन उनले भने । त्यस्तो समस्या समाधानका लागि दाङमा निर्माण हुने नयाँ बिद्यालयका भवनहरुलाई अपाङ्ग मैत्री बनाउने कार्य शुरुवात भएको उनले बताए । उनले भने ‘ अबे प्रत्यक नयाँ भवनमा अपाङ्ता भएका बिद्यार्थीहरुले पनि ह्वील चियर लिएर कक्षा कोठा सम्म जान पाउने गरी निर्माण हुनेछन् । ’

देशभरका साढे १० लाख बालबालिका बिद्यालय बाहिर देशभरबाट बिद्यालय जाने उमेरका साढे १० लाख बढि बालबालिका बिद्यालय बाहिर रहेको शिक्षा बिभागको तथ्याङ्कमा छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समुहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको सन् २०१५/०१६ को फल्यास १ रिपोर्टअनुसार आधारभूत तह (कक्षा १–८) मा कुल पाँच लाख ४१ हजार पाँच सय ४२ बालबालिका विद्यालयबाहिर छन् । त्यसमा छात्राको संख्या धेरै छ । आधारभूत तहमा दुई लाख ६१ हजार सात सय ४२ छात्रा र दुई लाख ७९ हजार आठ सय छात्र विद्यालयबाहिर छन् ।

 त्यसैगरी, माध्यमिक तह (९ र १०) मा भर्ना हुने १३ र १४ वर्ष उमेर समूहका पाँच लाख २५ हजार सात सय ७० विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । जसमध्ये दुई लाख ७३ लाख तीन सय ७९ छात्रा र दुई लाख ५२ हजार तीन सय ९१ छात्र विद्यालयबाहिर छन् । विभागका तथ्यांक शाखाका उपसचिव शंकर थापाले प्राथमिक तहमा पाँचदेखि नौ, कक्षा ६–८ सम्म १० देखि १२ वर्ष, ९ र १० मा अध्ययन गर्ने १३ र १४ वर्ष उमेर समूह तोकिएको छ । तोकिएको उमेर समूहका बालबालिका विद्यालयमा भर्ना भएको नपाएपछि तिनलाई विद्यालयबाहिर रहेको सूचीमा राखिएको छ ।

आधारभूत तहमा विद्यालय उमेर समूहका बालबालिकाको संख्या बढी विश्वसनीय भए पनि माथिल्ला तहमा तोकिएको उमेर समूहभन्दा बढीका बालबालिका अध्ययन गरिरहे पनि त्यसलाई उमेर समूहभन्दा बाहिर राख्ने गरिएको छ । कक्षा ११ र १२ मा १५ र १६ वर्ष उमेर समूह तोकिएको छ । यस तहमा तोकिएका उमेर समूहका बालबालिका भर्ना नहुने संख्या निकै धेरै छ । राप्ती समाचार