कुसुम बि क / बर्दिया
कार्तिक ८ बर्दियामा बाटोमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटना हुदा एक जना गम्भिर घाइते भएका छन् । पुर्व पश्चिम यातायात बस व्यवसायी द्धारा संचालित ना ५ ख ४८९१ को डिलक्स बस बर्दियाको पदनाहा गाविस बाट राजधानी काठमाडौ जादै गर्दा बर्दियाको मगरागाडी २ जयपुर गाउको अग्लो पुलको नजिक बस अनियन्त्रित भइ दुर्घटना हुदा बसमा सवार ९ जना मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
पदनाहा गाविस वडा ६ कि १८ बर्षिय लक्ष्मी चौधरी सो दुर्घटनामा परी गम्भिर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय मगरागाडीका सइ छविकिरण थापाले बताउनु भएको साथै चौधरीलाइ मगरागाडी सामान्य उपचार पछि थप उपचारका लागि बांकेको मेडिकल कलेज नेपालगंज रिफर गरिएको छ । अन्य बसमा सवार ८ यात्रुहरुमा सामान्य चोट लागेको र सामान्य उपचार पछि घर फर्किएको बताइएको छ ।
सो बस दुर्घटना भए लगतै बस चालक शैलेन्द्र चौधरी भमगेको स्थानिय बासीले बताएका छन् ।अहिले बस र बसका साउ सालिकराम आचार्य इलाका प्रहरी कार्यालय मगरागाडीको नियन्त्रणमा रहेको सइ थापाले बताउनु भएको छ ।बस राजधानी काठमाडौ का लागि साझ ४ बजे पदनाहा छुटेको थियो ।
