घोराही,  ५ कार्तिक । विश्व बजारमा ख्याति प्राप्त ओवि वल्र्ड फोनको एमभि वान बजारमा आएको छ । नेपालि ग्राहकहरुको मागलाई ध्यानमा राख्दै ओवि वल्र्डफोनले मोवाइलको नयाँ सेट दाङसहीत देशभर लञ्च गरेको छ । अत्याधुनिक प्रविधियुक्त उक्त सेट गुगल अप्रेटिङ सिस्टम भएको साइनोजिन वेस अन्र्तगत एन्ड्रोइड भर्सनसहीत फोर जि नेटवर्कपनि रहेको छ ।

14808716_1669274960069179_1461151680_o

छोटो समयमै दाङसहीत देशभर राम्रो चर्चा बटल्न सफल ओवि वल्र्ड व्राण्डका एसजे १.५ र एसएफ वान गरी दुईवटा नयाँ सेट यसपुर्व नै बजारमा ल्याइसकेको छ । ओवि वल्र्ड फोनका मध्यपश्चिम तथा सुदुरपश्चिमका सेल्स म्यानेजर शिवराज जिसिले पछिल्लो समयमा ओवी व्राण्डका सेटहरु युवा पुस्ताको रोजाइमा पर्दै गएको भन्दै यसको बजारमा राम्रो प्रभाव विस्तार गर्दै गएको बताउनु भयो ।

भर्खरै लञ्च गरीएको एमभि वान मोवाइल सेटमा आकर्षक फीचरहरु रहेको र यसको विक्रीसमेत राम्रो भइरहेको उहाको भनाई छ । मोवाइलमा ५ फुल एचडि,गोरील्ला ग्लास, १६ जिवि मेमोरी, २ जिवि ¥याम, ८ मेघाफीक्सलको क्यामरा साथै फ्रन्ट क्यामरा २ मेघाफीक्सल र ब्याट्रि २५०० एमएच रहेको सेल्स म्यानेजर जिसिले जानकारी दिनु भयो ।

उहाले व्याट्री व्याकप धेरै भएको, साउण्ड क्यालिटी राम्रो भएको र फोटो तथा स्तरिय भिडियो खिच्न सकिने भएका कारण पनि ओविआई मोवाइल सबैको रोजाइमा परेको बताउनु भयो । यो मोडेल मोवाइलको बजार मुल्य १५ हजार ६ सय ९९ रहेको उहाले जानकारी दिनु भयो ।