गोविन्द खड्का
घोराही, ५ कार्तिक । हरेक दिन विहान बजारका घरदैलोमा फोहर बोक्ने गाडि नजाने भएको छ । नकुहिने फोहरलाई अवस्था हेरि सात देखि १५ दिनमा उठाउन नगरपालिकालाई मन्त्रालयको निर्देशन आएको हो ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले निर्देशनको अविलम्ब कार्यन्यन गरी प्रगति विवरण पठाउन निर्देशन दिएको घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले जानकारी दिनुभयो ।

14808040_1307998659234046_1683533379_oनेपाल सरकार सचिव स्तरको असोज सात गतेको निर्णय अनुसार कुहिने फोहर जाडो समयमा हप्ताको कम्तिमा दुई पटक गर्मि याममा कम्तिमा तिन पटक उठाउने व्यवस्था गर्नुपर्ने भएको छ । घोराही नगरपालिकाले फोहर मा लोडसेडिङ भनेर गल्ते फोहर चारदिन नगल्ने फोहर तिन दिन उठाउन व्यवस्था मिलाउन लागेको छ । अघिल्लो बर्ष देखिनै प्रचारलाई व्यापक बनाएको जनाएको छ । यस पटकको निर्देशनले थप मद्धत गर्ने अधिकृत रेग्मीले बताउनुभयो ।

घर बाट फोहर उठाउदा श्रोतमै अनिवार्य कुहिने र नकुहिने फोहर वर्गिकरण गरी अलग अलग संकलन तथा व्यवस्थापन गर्नुपर्ने छ । यसलाई नगरवासिले कार्तिक एक गते देखि नै लागु गर्नु पर्ने छ । मन्त्रालयले कार्तिक दश गते सम्म राजनीतिक दल, प्रबुद्ध व्यक्तित्व, सामाजिक परिचालक, टोल विकास संस्था, वडा नागरीक मञ्च,, नागरिक सचेतना केन्द्र लगाएतको सहयोग र समन्वयमा टोल वस्तिमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिएको छ । माघ १ गते देखि श्रोतमा बर्गिकरण नगर्नेलाई फोहर मैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्न निर्देशन दिएको छ । सो कार्वाहिलार्ई शुन्य सहनशीलताको नीति अपनाई कार्यान्वयन गर्न भनेको छ ।

सहरी आवागमनलाई सहजता प्रदान गर्न २४ घण्टा भन्दा बढि निर्माण सामाग्री राख्न नदिन भनेको छ । वाटोको आसपासमा वाटो अवरोध नहुनेगरी पनि त्यसरी निर्माण सामाग्री थपार्न पाईने छैन । साथै व्यवसायीले सडक क्षेत्रलाई गोदामको रुपमा उपयोग गर्न पाउने छैनन् । वाद्यताले राखिएका सामाग्री चौविस घण्टामा हटाउने र त्यसवाट उत्पादन भएको फोहर सम्वन्धित व्यक्तिले वा निकायले हटाउनुपर्ने, त्यसो नगरे  कानुन बमोजीम कडाईका साथ दण्ड जरीवाना गर्ने भनेको छ । त्यसका लागि टोल, सामाजिक परिचालक, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र संग समन्वय गरी प्रचार प्रसार गर्न सुझाव दिएको छ । अन्य व्यक्ति समुह संग पनि समन्वय गर्ने छ ।

वातावर मैत्री स्थानिय शासनको प्रारुप २०७० ले निर्दिष्ट गरेअनुरुप हरेक नगरपालिकाले चालु आब भित्र एक नगर एक उद्यान कार्यक्रम संचालन गर्नुपर्ने भएको छ । त्यसको प्रगति विवरण मन्त्रालयको वातावरण व्यवस्थापन शााखामा पठाउने निर्देशन दिएको छ । रेग्मीले घोराही नगरपालिकाले एक वडा एक उद्यान बनाउने अबधारणा ल्याएको बताउनुभयो । उहाले त्यसका लागि अध्यन र छलफल थालिएको छ । केहि वडामा टुंगो लागेको र केहिमा खुला क्षेत्री खोजि गरीदैछ । बगैंचा, पार्क, फुलहरु, खेलकुद एवं मनोरञ्जनका साधनहरु रहेको उद्यान बनाईने छ ।

चाड पर्वको समयमा कार्यक्रम सञ्चालन गर्न नसकिएको घोराही नगरपालिका निमित्त प्रमुख ईञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो । चाडपर्व सकिए लगतै मन्त्रालयको सफा, उज्यालो, हरियाली एवं सम्पन्न शहर निर्माण गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिईने छ । त्यसको प्रगति विवरण मन्त्रालयमा पठाईने छ । निर्देशन गरीएका केहि कार्यक्रम पहिल्यै कार्यन्वयन भैसकेको नगरपालिकाले जनाएको छ । कार्तिक दश भित्र जानकारी गराउने र एक देखि लागुगर्ने काम अलि ढिलो भएको बताईएको छ । त्यसलाई चाडवाडले प्रभावित पारेको हो । श्रेष्ठका अनुसार  कार्यक्रमलाई दु्रत गतिमा अघि बढाईएने छ । ढिला सुस्ती र व्यवास्था हुदैन ।

दुई बर्ष अघि नगरपालिकाले बजारमा डोजर चलाएको थियो । मापदण्ड विपरीतका पाली टहरा, भ¥याङ हटाएको थियो । त्यसपछि चुप लागेको नगरपालिकालाई बजारमा आलोचना गर्न थालिएको छ । ईञ्जनियर श्रेष्ठको नेतृत्वको टोलिले सार्वजनिक स्थल मिचेर बनाएका केहि घरमा डोजर चलाएको थियो । महिनौ देखि बाटोमा थुपारेका गिटि वालुवा लगाएत निर्माण सामाग्री टिप्पर ल्याएर उठाउको थियो ।

धेरै नगरवासिले स्यावासी दिएका थिए । त्यति बेला नियमित ता दिने भनेपनि दुई बर्ष सम्म नगरपालिका सेलाएको छ । ‘वाटोमा रहेका फुटपाथ, निर्माण सामाग्री, पाली, टहरा होडिङ बोर्ड सबै हटाउछौ“’ अघिल्लो अभियानको निरन्तरता हुने भन्दै श्रेष्ठले थप्नुभयो, ‘मन्त्रालय बाट आएको निर्देशन पनि अक्षरस पालना हुन्छ ।’ उहाका अनुसार जनचेतना फैलाउने लगाएतका कामको जिम्मा शाखा अधिकृत सुवोध रेग्मीलाई दिएको छ  । अघिल्लो बर्ष जेष्ठ अन्त तिर कार्यक्रम चलाएको नगरपालिकाले यस पटक भने तुरुन्तै थाल्ने भएको छ । त्यसको तयारीमा लागेको जनाएको छ ।