चितवन २ कात्तिक । काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्वरको बस मंललबार राति त्रिशुली नदीमा खसेको छ । चण्डीभञ्ज्याङ गाविसको नौकिलो भन्ने स्थानबाट त्रिशुली नदीमा बस खसेको हो ।

trisulima-bus-khasyoराती साढे ८ बजेतिर बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । बस पानीमा डुवेको र केही भाग मात्र देखिएको छ र, बसमा रहेका ८ जना उद्धार गरिएको छ ।

उद्धार कार्य जारी छ । चितवनको प्रहरी टोली र कुरीनटारमा रहेको विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरीहरु घटनास्थलमा पुगेका छन् ।