आवश्यक भवन बनाउने जग्गा छैन अस्पताल संग, सम्झौता बिनै एनजिओका सानदार भवन
शब्द : भुपेन्द्र वली / तस्वीर : केशरमान बिसी
दाङ ,२ कार्तिक । दाङको घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पताल आफैमा समस्यानै समस्याले घेरिएको छ । राप्ति अञ्चलका करिब १५ लाख र अन्यत्र जिल्लाका समेत सेवाग्राहीलाई स्वास्थय सेवा उपल्ब गराउदै आएको यो अस्पतालमा भौतीक ,प्राविधीक र अन्य समस्या चाङका चाङ छन् । ३ सय शैयाको अस्पतालमा बिरामीले बेड पाउन कम्ता सास्ती झेल्न पर्दैन । यस्तो अवस्थामा रहेको अस्पतालको जग्गामा भने गैरसरकारी संस्था आईएनएफ दाङ शाखासंग ले ४३ वर्ष यता कब्जा जमाउदै आएको छ । यसरी सरकारी जग्गा भोगचलन गर्न पाउने भन्ने बारे कुनैपनि सम्झौतापत्र न त अस्पताल संग छ न आईएनएफसंग ।
छैनन् सरकारी स्वास्थय सेवाका कार्यक्रम
२०३० सालमा तत्कालीन सरकारले कुष्ठरोग र टिबिरोगको उपचारका लागी आईएनएफलाई जग्गा उपल्बध गराएको थियो । तर कुष्ठरोगको उपचारसंग सम्बन्धित स्वास्थयसेवाको अन्तय आईएनएफ दाङले २०६१ सालमा नै गरिसकेको छ भने सरकारले कैयन वर्षअघि देखि टिबिरोगको उपचार निशुल्क रुपमा गर्दै आएको छ । हाल आईएनएफले मात्र वैदेशिक दातृनिकायबाट प्राप्त हुने आर्थीक सहयोग अन्तर्गतका मातृ तथा नवजात शिशु कार्यक्रम , सामुदायीक विकास कार्यक्रम लगायतका कार्यक्रम जिल्लाको राप्तिपारीका ६ गाबिस र पश्चिम दाङको शान्तीनगर ,पुरन्धारा, र बागमारे गाबिसमा सञ्चालन गर्दै आएको छ । आईएनएफले आफना कार्यक्रम चलाउन समाज कल्याण परिषदसंग सन २०२० सम्मको स्विकृती लिएको भएपनि जग्गा भोगचलनका लागी भने सामान्य सम्झौता पनी गरेको छैन् ।
टेरिएन अस्पतालको माग
अस्पताल विकास समीतीले गत साउन १७ गते बैठक बसी अस्पतालको सेवासुविधा विस्तार एवं प्रशासनीक भवनको व्यवस्थापनका लागी उक्त कब्जा जग्गा फिर्ता गराउने निर्णय गरेको थियो । जसअनुसार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले गत साउन २५ गते आईएनएफलाई उसले भोगचलन गर्दे आएको जग्गा खाली गरिदिन आग्रह सहितको पत्र स्वास्थय मन्त्रालय एवं आईएनएफलाई पठाएका थिए । तर आईएनएफ एवं स्वास्थय मन्त्रालय दुबैका तर्फबाट त्यसको कुनैपनि जवाफ फिर्ता आएको छैन् ।
‘ अस्पतालको आफनै दुर्दशा छ । झनै स्तरोन्नती गरिएपछि यति ठुलो जनसंख्यालाई स्वास्थयसेवा पुर्याउन अबका दिन नयाँ भवन निर्माण गर्नु अनिवार्य भईसकेको छ । जसकालागी बचेको जग्गा भनेकै त्यही आईएनएफले भोगचलन गर्दै आएको हो’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पन्थीले भने ‘तर हामीले जग्गा खाली गरिदिन आगं्रह गर्दा त्यसको सामान्य रिप्लाई अहिले सम्म आएको छैन । पन्थीले भनेअनुसार उनले आईएनएफसंग कम्तीमा जग्गा भोगचलनका लागी सम्झौता पत्र सम्म भएपछि देखाईदिन आग्रंह गरेका थिए । ‘तर उहाँहरुसंग जग्गा भोगचलन गर्न पाउने बारे सामान्य कागजात पनि छैन ’ उनले भने ।
कानुनी राज्यको उपहास
सरकारी स्वामीत्वको जग्गा कुनै पनि गैरसरकारी संस्थाले बिना कुनै सम्झौता भोगचलन गर्नु कानुनी राज्यको उपहास भएको स्थानीयको भनाई छ । दाङ जिल्ला उद्योग वाणीज्य संघका उपाध्यक्ष नारायण भुसालले आईएनएफले स्वास्थय सेवा उपल्बध गराउदै आएतापनि अस्पतालले माग गरे जग्गा फिर्ता गर्नुपर्ने बताए । ‘ आईएनएफले विगतदेखी कुष्ठरोग र क्षयरोगका बिरामीको उपचार गरेर दाङबासीलाई गुण लगाएकोमा कसैको दुईमत छैन् । तर हाल यि दुई कार्यक्रम बन्द भएको पनि वर्षो भईसकेको छ ।’उनले भने ‘ हाल आफनै कार्ययोजना बमोजीमका कार्यक्रम सरकारी जग्गा हडपेर गर्नु कानुनी राज्यको मान्यता विपरीत हो । कि त यसका लागी सरकारी निकायको अनुमती लिएको हुनुपर्छ ।’
मन्त्रालयको निर्देशन आए जग्गा छाड्छौं : आईएनएफ
आईएनएफ दाङका म्यानेजर श्याम बिकले धेरै पहिले देखि जग्गा भोगचलन गर्दै आएकाले सम्झौतापत्र हाल फेला पार्न नसकिएको बताए । ‘ हामी प्रक्रियामा पुरा गर्ने तयारीमा नै छौं । जग्गा भोगचलन गर्न थालेको लामो समय बितीसकेकोले सम्झौतापत्र हाल फेला पार्न सकिएको छैन । ’उनले भने ‘ यद्यपी स्वास्थय मन्त्रालयले निर्देशन दिए हामीलाई जग्गा फिर्ता गराउन कुनै आपती छैन् । यद्यपी मन्त्रालयले जग्गा फिर्ता गर्ने निर्देशन दिनेमा सरोकारवालाको भरोसा छैन् ।
‘ जग्गा फिर्ता गराउन यसअघि पनि पहल नभएको हैन । तर मन्त्रालयमा हुने चलखेलका कारण जग्गा फिर्ता हुन सकेको छैन् ’ अस्पतालमा कार्यरत एक चिकीत्सकले भने ‘ आईएनएफले माथी बाट नै स्विकृती लिएर आएपछि यहाँको अस्पताल प्रशासन जति उफ्रिएपनि केही लाग्दैन्।’ आईएनएफले शुरुवाती चरणमा अस्पतालको जग्गामा आफुले निर्माण गरेका ४ भवन मध्ये दुईवटा फिर्ता गरिसकेको छ भने २ वटा भोगचलन गर्दे आएको छ । भोगचलन गरिएको जग्गाको यकिन नाप भने दुबै निकाय संग छैन ।