इन्द्रेणी संवाददाता
तुलसीपुर, २ कार्तिक । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना शुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियान नवौं हप्तामा प्रवेश गरेको छ । नवौं हप्ताको सरसफाई अभियान तुलसीपुर नगरस्तरिय महिला संजालको अगुवाइमा आज तुलसीपुरको खानेपानी चौकदेखि वाहिनी चौकसम्म सरसफाई एवं घरदैलो कार्यक्रम सम्पन्न भएकोे छ ।

14595706_1334478173253263_2198343973921104358_nसरसफाई अभियान शुरु भएको नवौंं हप्ताको अवसरमा आयोजकहरुले झाडु लगाउनु भन्दा नगरवासीहरुलाई सचेत गराउनुपर्ने भन्दै दर्जनौं संघसंस्थाको सहकार्यमा संचालन भैरहेको सरसफाई अभियानको स्वरुप परिवर्तन गर्दै लैजान लागेको जनाएको छ । अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले अभियानलाई दिर्घकालिन रुपमा संञ्चालन गर्नका लागि जनचेतनाको खांचो रहेको बताए ।

आयोजक तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले आम नगरवासीहरुमा आ–आफ्नो घर, आगन तथा पसल अगाडी जथाभावी फोहोर नगर्न अनुरोध गरेको छ । हरेक मंगलवार हुने सरसफाई अभियानमा अनिवार्य रुपमा सबैलाई उपस्थितीका लागि समेत आग्रह गरेको छ । सरसफाइमा नगरवासीहरुको उल्लेख्य सहभागिता थियो ।